logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण

राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण


खबर सर्कल
  • शुक्रबार, ४ पुष २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, ४ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च आज हस्तान्तरण गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गर्नुभएको हो ।

    नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।

    अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासङ्घमार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र विविध गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend