logo

२०८३ कार्तिक १० सोमबार

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ


खबर सर्कल
  • सोमबार, ७ पुष २०८२
  • 1.6K
    SHARES

    मन्थली (रामेछाप), ७ पुस : उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।

    मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो ।

    “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो ।

    जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend