logo

२०८३ कार्तिक १० सोमबार

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव


खबर सर्कल
  • आइतबार, १३ पुष २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १३ पुसः प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

    राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीहरूको संस्था एनसिसी अल्मुनाइ एशोसिएसन नेपालको आठौँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक समेत रहनुभएका सिग्देलले एसोसिएसनले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गर्नुभयो ।

    एसोसिएसनका निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक यामप्रसाद ढकालले संस्थाका कार्यक्रमबारे जानकारी दिनुभयो ।

    एनसिसी विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था २०७५ मा स्थापना भएको थियो । राष्ट्रिय सेवा दलले वार्षिक करिब सात हजार ७०० जनालाई तालिम गराउँदै आएको छ । तालिम हालसम्म ८६ हजारभन्दा बढी छात्र/छात्राहरूले लिइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend