logo

२०८३ कार्तिक १० सोमबार

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु


खबर सर्कल
  • सोमबार, १४ पुष २०८२
  • 1.4K
    SHARES

    पर्वत, १४ पुसः पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

    सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।

    सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरु भोलिदेखि सञ्चालन हुने भएका छन् ।

    बेस्ट अफ फाइप लिगकम नकआउट चरणमा खेलाइने उक्त खेलमा प्रथम हुनेलाई रु दुई लाख २२ हजार २२२ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु एक लाख ११ हजार १११, तृतीय हुनेलाई नगद रु ५५ हजार ५५५, शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना टिमलाई पनि रु २२ हजार २२२ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    साथै उत्कृष्ट विधाहरुलाई पनि पुरस्कार प्रदान गरिने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आयोजित आठौँ पर्वत महोत्सव गत बुधबारदेखि सुरु भएको हो ।

    महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend