logo

२०८३ कार्तिक १० सोमबार

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ: मुख्यमन्त्री कँडेल

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ: मुख्यमन्त्री कँडेल


खबर सर्कल
  • शुक्रबार, १८ पुष २०८२
  • 1.6K
    SHARES

    काँक्रेविहार (सुर्खेत), १८ पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।

    जिल्लाको पञ्चपुरी नगरपालिका–५ र ६ बाबियाचौरस्थित बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभामा आज उहाँले विकासमा नभई विकासका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको हो ।

    मुख्यमन्त्री कँडेलले सबैको खबरदारीका कारण नै वर्षौंदेखि अलपत्र परेको बडीचौर खम्बागाडे सडक निर्माणले गति लिएको बताउनुभयो । उहाँले पश्चिम सुर्खेतमा विद्युत्, सडक, खानेपानी नै मुख्य कुरा रहेको बताउँदै प्रदेश सरकारले ती विषयमा आफ्नो क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    मुख्यमन्त्री कँडेलले राजनीतिक दललाई तर्साएर कसैलाई फाइदा नहुने भन्दै विकासका लागि नयाँ पुराना सबैले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । अब विकास निर्माणका काम सही ढङ्गबाट अगाडि बढाउन सही मान्छेलाई निर्वाचित गर्नुपर्नेमा उहाँको जोड थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend