logo

२०८३ कार्तिक १० सोमबार

देशभर पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा आंशिक बदली रहने

देशभर पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा आंशिक बदली रहने


खबर सर्कल
  • शनिबार, १९ पुष २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १९ पुसः आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहने जनाइएको छ ।

    त्यसैगरी आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    देशभर पश्चिमी वायूको प्रभाव भने कायमै रहेको महाशाखाले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend