logo

२०८३ कार्तिक १० सोमबार

भूकम्प प्रभावित कल्पत गाउँमा ‘एक घर, एक धारा’

भूकम्प प्रभावित कल्पत गाउँमा ‘एक घर, एक धारा’


खबर सर्कल
  • मंगलबार, २२ पुष २०८२
  • 2K
    SHARES

    काँक्रेविहार (सुर्खेत),२२ पुसः भूकम्पका कारण पानीको मुहान सुकेपछि खानेपानीको समस्या भोग्दै आएका जाजरकोटको नलगाड नगरपालिका–१ कल्पत गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको छ ।

    विसं २०८० कात्तिक १७ गते रामीडाडाँ केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट खानेपानीमा समस्या भएको थियो । हाल नलगाड नगरपालिकाले एक घर, एक धारा निर्माण गरेपछि स्थानीयवासीलाई खानेपानीको सहज भएको हो । कल्पतका १३८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको नगर उपप्रमुख देवका लामिछानेले बताउनुभयो । श्रमदानसहित रु ५० लाख ५० हजारमा खानेपानी निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

    घर–घरमा धारा, पानी शुद्धिकरणका लागि सोलार सिस्टमसहितको वाटर डोजिङ मेसिन, इन–लाइन कोलोरेसन, लाइम–रिमुभेबल मेसिन जडान तथा हरेक घरमा शौचालय निर्माण गरिएको छ । साथै गाउँमा फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि अघि बढाइएको छ । कल्पतमा भूकम्प जानुभन्दा पहिला सार्वजनिक धारा रहेकामा अब घर, घरमा पानीको धारा निर्माण गरिएपछि पानीका लागि सहज भएको वडाध्यक्ष धर्मेन्द्र महरले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend