logo

२०८३ कार्तिक १० सोमबार

बीसवटा गोही प्रकृतिमा छाडियो

बीसवटा गोही प्रकृतिमा छाडियो


खबर सर्कल
  • शुक्रबार, २५ पुष २०८२
  • 1.2K
    SHARES

    चितवन, २५ पुसः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ । आज दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो ।

    छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ । यस आर्थिक वर्षमा यीबाहेक ५२ वटा गोही नदीमा छाडिसकिएको छ ।

    मगरका अनुसार सन् २०२२ मा जन्मिएका ३०० वटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा छन् । यस आर्थिक वर्षमा ती गोहीलाई नदीमा छाड्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गोही प्रजनन केन्द्रमा छ सय ९७ वटा गोही छन् ।”

    अहिलेसम्म यहाँ हुर्काइएका दुई हजार १४२ वटा गोही नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो । विसं २०३५ मा स्थापना गरिएको घडीयाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend