logo

२०८३ कार्तिक १० सोमबार

रौतहटमा धान उत्पादन घट्यो

रौतहटमा धान उत्पादन घट्यो


खबर सर्कल
  • मंगलबार, २९ पुष २०८२
  • 1.4K
    SHARES

    चन्द्रपुर (रौतहट): २९ पुसः गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो ।

    गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ ।

    यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिनुभयो । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ । यस वर्ष कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको निमित्त प्रमुख कुर्मीले बताउनुभयो ।

    समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३०० हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ । गत असोजमा आएको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पु¥याएको थियो । बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा क्षति पु¥याएको हो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति पु¥याएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend