logo

२०८३ कार्तिक १० सोमबार

‘राससले पायो नयाँ विनियमावली’

‘राससले पायो नयाँ विनियमावली’


खबर सर्कल
  • बुधबार, १ माघ २०८२
  • 1.9K
    SHARES

    काठमाडौँ ३० पुसः राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सेवा, सर्त विनियमावली, २०८२ जारी भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (माननीय मन्त्रिस्तर) को यही पुस २४ गतेको निर्णयबाट स्वीकृत भई नयाँ विनियमावली जारी भएको हो । सञ्चारमन्त्री जगदीश खरेलको विशेष पहलपछि करिब डेढ वर्षदेखि मन्त्रालयमा थन्किएको रासस विनियमावली (नवौँ संशोधन) जारी भएको हो ।

    विनियमावली प्राप्त भएपछि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सञ्चारमन्त्री र सचिवसहित मन्त्रालय परिवार र रासस सञ्चालक बोर्ड, रासससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन, युनियन र पत्रकार महासङ्घ तथा सम्पूर्ण राससकर्मीको सहयोगमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै विनियमावली संशोधन प्रक्रियामा संलग्न मन्त्रालय परिवारसहित सबैलाई धन्यवाद दिनुभयो ।

    उहाँले रासस विनियमावली जारी नहुँदा कर्मचारीको वृत्तिविकासलगायतका कामकाज रोकिएको र त्यसबाट प्रभावित जनशक्ति असन्तुष्ट देखिएको अवस्थामा नयाँ विनियमावली प्राप्त हुनु सम्पूर्ण राससकर्मीका लागि सुखद क्षण भएको स्पष्ट गर्नुभयो ।

    यसैगरी महाप्रबन्धक सन्दीप राईले सञ्चार मन्त्रालय र राससको नेतृत्वसहित सबै राससकर्मीको सामूहिक प्रयासबाट नयाँ विनियमावली ल्याउन सफल भएको बताउनुभयो । उहाँले प्राप्त नयाँ विनियमावलीमा केही कमीकमजोरी देखिए संशोधन प्रक्रियामार्फत त्यसलाई सच्याउन सकिने धारणा व्यक्त गर्दै विनियमावली ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    रासस कर्मचारी सेवा, सर्त विनियमावली, २०८२ मा २०१ विनियमको व्यवस्थासहित २२ अनुसूची रहेको छ । रासस कर्मचारी सेवा, शर्त विनियमावली, २०७६ संशोधन प्रक्रियाअन्तर्गत करिब डेढ वर्षअघि सञ्चार मन्त्रालयमा पेस गरिएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend