logo

२०८३ कार्तिक १० सोमबार

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण


खबर सर्कल
  • बुधबार, १ माघ २०८२
  • 1.2K
    SHARES

    महेन्द्रनगर (धनुषा), ३० पुसः मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

    उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित विशेष समारोहमा डा सिंहलाई शपथ गराउनुभएको हो ।

    मधेश प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णको उपस्थितिमा समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

    शपथपश्चात् डा सिंहले संविधान र प्रचलित कानुनको पूर्णपालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श र प्रभावकारी बहस प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले न्यायिक प्रणालीलाई थप सबल बनाउँदै सुशासन र विधिको शासनलाई कार्यसम्पादनको मूलआधार बनाइने बताउनुभयो ।

    प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार शपथ ग्रहणसँगै डा सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार सम्हाल्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend