काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् ।
सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार खरेलले रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।
सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री सुशीला कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् ।
– Ratopati
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend