logo

२०८३ कार्तिक १० सोमबार

महावीर पुनद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

महावीर पुनद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता


खबर सर्कल
  • मंगलबार, ७ माघ २०८२
  • 1.2K
    SHARES

    म्याग्दी, ६ माघः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट राजीनामा दिनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार सबैभन्दा पहिले पुनले मनोनयनपत्र दर्ता गर्नुभएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    विद्यमान अव्याहारिक नीति, नियम र कानुनलाई परिमार्जन गरेर सुशासन, रोजागरी सिर्जना र समृद्धिका लागि आफू स्वतन्त्र उम्मेदवार बनेको पुनले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend