logo

२०८३ कार्तिक १० सोमबार

एन्फा राष्ट्रिय लिग फुटबल

एन्फा राष्ट्रिय लिग फुटबल


खबर सर्कल
  • मंगलबार, ७ माघ २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ६ माघः राजधानीमा जारी एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ ।

    सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेले । म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले खेलको ४१औँ मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो । त्यसपछि खेलको ८८ औँ मिनेटमा चित्लाङका लछुमान रानामगरले आत्मघाती गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो ।

    यसैगरी आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend