logo

२०८३ कार्तिक १० सोमबार

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार


खबर सर्कल
  • बुधबार, ८ माघ २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ ।

    यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन ४ः०० बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend