logo

२०८३ कार्तिक १० सोमबार

वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान

वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान


खबर सर्कल
  • बुधबार, ८ माघ २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ७ माघ : राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।

    रक्तदानसँगै निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ ।

    विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend