logo

२०८३ कार्तिक १० सोमबार

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु


खबर सर्कल
  • बुधबार, ८ माघ २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, ७ माघ : काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा राख्ने अभियान थालिएको हो, यसलाई तीव्र गतिमा अघि बढाउने छौँ, जसले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुव्र्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।”

    उहाँले सिसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान थालनी गरिएको बताउनुभयो । दुर्घटनापछि चालक भाग्ने, बसभित्रै पनि कूटपिटका घटना हुने तथा यात्रुमाथि दुव्र्यवहारलगायत घटना भएका गुनासा व्यापक आइरहेकाले क्यामरामार्फत निगरानी हुने र तथ्य थाहा पाइने हुँदा सवारीसाधनमा सिसी क्यामरा राख्ने विषयलाई प्राथमिकतामा राखिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

    यस्तै ड्यासबोर्डमार्फत बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लाग्ने हुँदा यसलाई तीव्रताका साथ अघि बढाइने उहाँले बताउनुभयो । सो समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताउनुभयो ।

    आजै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी प्रहरीले धनीलाई बुझाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend