logo

२०८३ कार्तिक १० सोमबार

लगातार तीन जितसँगै बङ्गलादेश सुपर सिक्समा

लगातार तीन जितसँगै बङ्गलादेश सुपर सिक्समा


खबर सर्कल
  • बिहिबार, ९ माघ २०८२
  • 1.4K
    SHARES

    कीर्तिपुर (काठमाडौँ), ८ माघः आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बङ्गलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो ।

    आज सम्पन्न तेस्रो खेलमा बङ्गलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि बङ्गलादेशले अमेरिका र पपुवान्युगिनीलाई हराएको थियो । यो जितसँगै बङ्गलादेश छ अङ्कका साथ ‘ए’ समूहको शीर्ष स्थानमा छ ।

    खेलको सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनाएको थियो । बङ्गलादेशका लागि शोभना मोस्तरीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।

    नामिबियाको बलिङमा साइमा टुहादेलेनी र सिल्भिया सिहेपोले समान दुई/दुई विकेट लिए भने विल्का म्वाटिले र जुरियन यायरगार्डट्ले एक÷एक विकेट लिएका छन् । जवाफी ब्याटिङमा नामिबियाले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

    नामिबियाका लागि सुने विटमानले सर्वाधिक १९ र मेजरली इगोरासेसले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बङ्गलादेशकी शोर्ना अख्तरले चार र रबेया खान तथा फहिमा खातुनले समान तीन÷तीन विकेट लिएका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend