logo

२०८३ कार्तिक १० सोमबार

‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’को घोषणा

‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’को घोषणा


खबर सर्कल
  • बिहिबार, ९ माघ २०८२
  • 2.4K
    SHARES

    काठमाडौँ, ८ माघः आफ्नो पेसा वा व्यवसायका माध्यमबाट देश र समाजलाई उल्लेखनीय उोगदान पु¥याएका व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड यसवर्षका लागि आह्वान गरिएको छ ।

    रोटरी डिस्ट्रिक ३२९२ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रु २० लाख राशिको सो पुरस्कार यस वर्ष पानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा प्रदान गरिने जानकारी दिइयो । सन् २०१० देखि दुई वर्षमा रु १० लाखका दरले प्रदान गरिँदै आएको यो पुरस्कार सन् २०२४ देखि प्रत्येक वर्ष रु २० लाखका दरले प्रदान गर्न थालिएको भोकेशनल अवार्ड समितिका अध्यक्ष राजेन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार पुरस्कारका लागि रोटरी डिस्ट्रिक कार्यालय थापाथली र देशभर रहेका १६३ क्लबबाट तथा अनलाइनबाट यही माघ २२ गतेसम्म बुझाउन सकिने तथा पुरस्कार आगामी फागुन ६ देखि ९ गतेसम्म पोखरामा आयोजना गरिने ‘डिस्ट्रिक कन्फरेन्स’मा प्रदान गरिनेछ ।

    सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको यो संस्था हाल विश्वका २०० भन्दा बढी मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब रहेका छन् । नेपालमा भने सन् १९५९ मा प्रारम्भ भएकामा सन् २००८ जुलाईदेखि छुट्टै रोटरी डिस्ट्रिकका रुपमा सञ्चालन हुँदै आएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend