logo

२०८३ कार्तिक १० सोमबार

तनहुँका आठ मतदान केन्द्र अति संवेदनशील

तनहुँका आठ मतदान केन्द्र अति संवेदनशील


खबर सर्कल
  • बिहिबार, ९ माघ २०८२
  • 1.3K
    SHARES

    दमौली (तनहुँ), ८ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा आठ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ ।

    जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने हाम्रो मुख्य लक्ष्य हो । त्यसका लागि अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिनेछ ।”

    जिल्लाका १० स्थानीय तहमा ३०९ मतदान केन्द्र छन् । जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend