logo

२०८३ कार्तिक १० सोमबार

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते


खबर सर्कल
  • आइतबार, १२ माघ २०८२
  • 1K
    SHARES

    किमाथाङ्का (सङ्खुवासभा), ११ माघः सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

    चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन ।

    दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend