logo

२०८३ कार्तिक १० सोमबार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार


खबर सर्कल
  • सोमबार, १३ माघ २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, १२ माघः यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बन्नुभएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार व्यवसायीले उम्मेदवारी दिनुभएको हो ।

    महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली क्षेत्र नं २, पश्चिम नेपाल यातायात व्यवसायी कम्पनीका विष्णु खड्काले सुर्खेत क्षेत्र नं १, वरिष्ठ व्यवसायी भागवतप्रकाश मल्लले स्याङ्जा क्षेत्र नं २ र कर्णाली यातायातका रमेश सापकोटाले सुर्खेत क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । जसमध्ये स्वाँर, खड्का र मल्ल नेपाली कांग्रेसबाट र सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएको हो ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना व्यवसायी उम्मेदवार बनेको बताउनुभयो ।

    नीति निर्माण तहमा प्रतिनिधित्व नभएका कारण ठूलो लगानी र आर्थिक समृद्धिको बलियो आधार भए पनि यातायात क्षेत्र व्यवस्थित बनाउन हस्तक्षप हुन नसकेको उहाँको बुझाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend