logo

२०८३ कार्तिक १० सोमबार

हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

हेलिकप्टरद्वारा सुत्केरीको उद्धार


खबर सर्कल
  • बुधबार, १५ माघ २०८२
  • 1.4K
    SHARES

    डोल्पा (ठूलीभेरी), १४ माघः डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    आज दिउँसो राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत ठूलीभेरी नगरपालिका–९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार गरिएको हो ।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल)को सक्रिय पहलमा हेलिकप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

    जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहका अनुसार सुत्केरी भएपछि बिहानसम्म सालनाल अड्किएर गम्भीर समस्या देखिएपछि पठाउनु परेको हो ।

    पाठेघरको शल्यक्रिया गरी सालनाल निकाल्नुपर्ने जटिल अवस्था आएपछि जिल्लामा सम्भव नभएकाले थप उपचारको लागि पठाइएको शाहाले जानकारी दिनुभयो । समयमै हेलिकप्टरद्वारा उद्धार सम्भव भएकाले सुत्केरीको ज्यान जोखिममुक्त भएको अस्पताल स्रोतले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend