logo

२०८३ कार्तिक १० सोमबार

नेल्टा अन्तरराष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि

नेल्टा अन्तरराष्ट्रिय सम्मेलन आगामी शुक्रबारदेखि


खबर सर्कल
  • बुधबार, १५ माघ २०८२
  • 975
    SHARES

    काठमाडौँ, १४ माघः अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को आयोजनामा ३० औँ नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

    नेल्टाले आज पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते ग्यालेक्सी पब्लिक स्कूलमा नेल्टा अन्तरराष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेल्टाका अध्यक्ष प्रा डा लक्ष्मण ज्ञवालीले अङ्ग्रेजी शिक्षाको महत्वका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छलफल हुने जानकारी दिनुभयो ।

    ‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त सम्मेलनमा ८०० अङ्ग्रेजी शिक्षकको सहभागिता हुने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अङ्ग्रेजी शिक्षाका बारेमा समूहगत छलफलका साथै प्रदेशस्तरीय छलफल हुनेछ । उक्त सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, चीन, सिङ्गापुर, मङ्गोलिया चीन, सिङ्गापुर, मङ्गोलिया, अमेरिका, बेलायत, जापान, हङ्कङलगायत देशका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend