logo

२०८३ कार्तिक १० सोमबार

बादोरियो कराते टोली भारत जाँदै

बादोरियो कराते टोली भारत जाँदै


खबर सर्कल
  • बुधबार, १५ माघ २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, १४ माघ : नवौँ अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली बादोरियो कराते टोली भोलि भारतको भिशाखापटनम प्रस्थान गर्ने भएको छ ।

    जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापामगर, ४५ केजीमा रिजन बुढामगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्नेछन् ।

    महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुनेछन् । अफिसियलमा नेपाल बादोरियो कराते डो सङ्घका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।

    टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend