logo

२०८३ कार्तिक १० सोमबार

तीन फर्मलाई ३० हजार जरिवाना

तीन फर्मलाई ३० हजार जरिवाना


खबर सर्कल
  • सोमबार, २० माघ २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, १९ माघ : नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ ।

    अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल टे«डर्सलाई रु १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई रु १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई रु पाँच हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को ‘फा’ १५ बमोजिम कार्य नगरेकाले ती फर्मलाई कारवाही स्वरुप जरिवाना गराइएको विभागले जनाएको छ ।

    त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

    स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसमेतको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुन कार्यान्वयन गराउन नियमित बजार अनुमगन गर्दै आएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend