logo

२०८३ कार्तिक १० सोमबार

दुई फर्मलाई नगद जरिवाना

दुई फर्मलाई नगद जरिवाना


खबर सर्कल
  • शुक्रबार, २४ माघ २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, २३ माघ : नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

    विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौँ महानगरपालिका–३० मैतीदेवीलाई रु १० हजार जरिवाना गरेको छ भने घिमिरे रिजन किनारा स्टोर्स टोखा नगरपालिका–७ लाई पनि रु १० हजार नै जरिवाना गरेको छ ।

    ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

    विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको जनाएको छ ।

     

    RSS

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend