logo

२०८३ कार्तिक १० सोमबार

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा


खबर सर्कल
  • आइतबार, ३ फाल्गुन २०८२
  • 650
    SHARES

    काठमाडौँ, ३ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

    महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।

    सभापति थापाले भन्नुभएको छ, “हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने “महाशिवरात्री” हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको एक महत्वपूर्ण एवं पवित्र पर्व हो ।”

    उहाँले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको र महाशिवरात्रिलगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेको उल्लेख गर्नुभएको छ ।

    महाशिवरात्रिको अवसरमा उहाँले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गर्नुभएको छ । —

    RSS

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend