logo

२०८३ कार्तिक १० सोमबार

पैदलयात्रु कुट्ने कार चालक पक्राउ

पैदलयात्रु कुट्ने कार चालक पक्राउ


खबर सर्कल
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, ५ फागुनः कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक पक्राउ परेका छन् ।

    आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति वैतडी घर भई हाल बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

    पक्राउ परेका व्यक्ति पेसाले इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको उहाँले जानकारी दिनुभयो । उनले काठमाडौँको चक्रपथ क्षेत्रमा गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई कुटेको भिडियोमा देखिएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend