logo

२०८३ कार्तिक १० सोमबार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै


खबर सर्कल
  • शुक्रबार, ८ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, ८ फागुनः आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ ।

    सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो ।

    सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend