logo

२०८३ कार्तिक १० सोमबार

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु


खबर सर्कल
  • आइतबार, १० फाल्गुन २०८२
  • 845
    SHARES

    जनकपुरधाम, १० फागुनः यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि यहाँ तालिम सुरु भएको छ ।

    धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु परीले आजदेखि निर्वाचन क्षेत्र नं १ मा खटिनेलाई लक्षित गरी प्रशिक्षण दिइएको र यो क्रम जारी रहने बताउनुभयो ।

    मुख्य निर्वाचन अधिकृत पुरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहितका सुरक्षा अधिकारीहरूले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य एवं अधिकारका विषयमा प्रशिक्षण दिनुभएको छ ।

    प्रशिक्षण कार्यक्रममा शान्तिसुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहितका विषयमा धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरलगायतले जानकारी दिनुभयो ।

    निर्वाचन क्षेत्र १ बाट सुरु भएको तालिम क्रमशः ११ गते क्षेत्र नंं २, १२ गते क्षेत्र नंं ३ र १३ गते क्षेत्र नंं ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आयोजना गरिने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

    जिल्लामा ४ निर्वाचन क्षेत्र गरी ६४५ मतदान केन्द्र रहेका छन् । जिल्लामा यस पटक नयाँ तथा पुराना गरेर पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend