logo

२०८३ कार्तिक १० सोमबार

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण


खबर सर्कल
  • सोमबार, १८ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    वीरगञ्ज (पर्सा), १८ फागुनः भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ ।

    वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आज यहाँ आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक तथा अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।

    नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका प्रजिअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकामा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

    यसअघि, भारत सरकारले निर्वाचन सहयोगअन्तर्गत ५८० थान भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend