logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ


खबर सर्कल
  • सोमबार, १८ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, १८ फागुनः लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन् ।

    यसैगरी, विराटनगर महानगरपालिका–१६ दरैयाबाट खैरो हेरोइनसहित सुनसरीको धरान उपमहानगरपालिका–११ का २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ । अभियुक्तहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ परेका हुन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend