logo

२०८३ कार्तिक १० सोमबार

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’


खबर सर्कल
  • सोमबार, १८ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    धरान (सुनसरी), १८ फागुनः नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताउनुभएको छ ।

    आज धरानमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनपछि पार्टी वैचारिक रूपमा रूपान्तरणको दिशामा अघि बढेको बताउनुभयो । “नेपाली कांग्रेस प्रश्नहरूको चाङ बोकेर होइन, अवसरहरू बोकेर अघि बढेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रियताको जग हल्लिएको बेला त्यस धरातलमा रोपिएको लोकतन्त्रको बिरुवा फस्टाउन सक्दैन भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ ।”

    मुलुक सङ्कटमा पर्दा नेपाली कांग्रेसले बारम्बार चुनौती भोग्दै आएको उल्लेख गर्दै पार्टीले जिम्मेवार अभिभावकको भूमिकामा रहँदै ती चुनौतीलाई सामना गर्दै आएको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend