logo

२०८३ कार्तिक १० सोमबार

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट


खबर सर्कल
  • बिहिबार, २१ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    जलेश्वर (महोत्तरी), २१ फागुनः जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो ।

    स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यँु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको जनकपुरमा उपचार भइरहेको छ ।

    आक्रमणमा परेपछि उहाँले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गर्नुभएको र आफूहरुले तत्काल उहाँलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले राससलाई बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend