logo

२०८३ कार्तिक १० सोमबार

रसुवामा मतदान जारी

रसुवामा मतदान जारी


खबर सर्कल
  • बिहिबार, २१ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    रसुवा, २१ फागुनः आज बिहान ७ः०० बजेदेखि सुरू भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी छ ।

    मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार रसुवाका ५७ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा ४१ हजार ४७१ मतदाता छन् ।

    सदरमुकाम धुञ्चे रसुवा मावि केन्द्रमा बिहान ११ः०० बजेसम्म २३१ जना मतदाताले मतदान गरेका छन् । कैदीबन्दीका लागि राखिएको कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend