logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँ– १० मा रास्वपाका विष्ट अगाडि

काठमाडौँ– १० मा रास्वपाका विष्ट अगाडि


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    कीर्तिपुर(काठमाडौँ), २२ फागुनः त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको छ ।

    हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो ।

    अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend