logo

२०८३ कार्तिक १० सोमबार

बाजुरामा मत गणना सुरु

बाजुरामा मत गणना सुरु


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    बाजुरा, २२ फागुनः बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ ।

    आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले राससलाई जानकारी दिनुभयो ।

    उहाँकाअनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो । जिल्लामा ८७ हजार ८६१ मतदाता कायम रहेकामा ५१ दशमलव ६६ प्रतिशत अर्थात् ४५ हजार ३० मत खसेको थियो ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend