logo

२०८३ कार्तिक १० सोमबार

निर्वाचन मत गणनाः एक सय आठ स्थानमा रास्वपा अगाडि

निर्वाचन मत गणनाः एक सय आठ स्थानमा रास्वपा अगाडि


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

    निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रेसका उम्मेदवार १२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सात स्थानमा अगाडि छन् ।

    त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक÷एक स्थानमा अगाडि छन् ।

    हालसम्म रास्वपाले दुई स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend