logo

२०८३ कार्तिक १० सोमबार

बागलुङ–१ रास्वपाका खड्का विजयी

बागलुङ–१ रास्वपाका खड्का विजयी


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    गलकोट (बागलुङ) २३ फागुन : बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी हुनुभएको छ । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।

    बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो । यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ ।

    यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend