logo

२०८३ कार्तिक १० सोमबार

रौतहट-४ मा रास्वपाका पौडेल विजयी

रौतहट-४ मा रास्वपाका पौडेल विजयी


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    चन्द्रपुर(रौतहट): २३ फागुनः रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ ।

    निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी हुनुभएको हो ।

    उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

    यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend