logo

२०८३ कार्तिक १० सोमबार

सिरहा–४ मा रास्वपाका यादव विजयी

सिरहा–४ मा रास्वपाका यादव विजयी


खबर सर्कल
  • आइतबार, २४ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    सिरहा, २४ फागुनः सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

    बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजयशङ्कर नायकले सात हजार ९७२ मत प्राप्त गर्नभयो । यस्तै जनमत पार्टीका डा वीरेन्द्रप्रसाद महतोले पाँच हजार ४१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धर्मनाथ साह चार हजार २२७ मतसहित चौथो स्थानमा रहनुभयो ।

    यस निर्वाचन क्षेत्रमा कुल एक लाख छ हजार ६८६ मतदातामध्ये ७० हजार ७७ मत खसेको थियो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend