logo

२०८३ कार्तिक १० सोमबार

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित


खबर सर्कल
  • आइतबार, २४ फाल्गुन २०८२
  • 1K
    SHARES

    वीरगन्ज (पर्सा), २४ फागुन : पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

    निर्वाचन अधिकृत नुतन झाका अनुसार उहाँले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत र नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४६ मत ल्याउनुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

    पर्सा–४ मा २३ जनाले उम्मेदवारी दिनुभएको थियो । यसमध्ये स्वतन्त्रतर्फ ११ जना र दलीय उम्मेदवारतर्फ १२ जना रहनुभएको छ । यस क्षेत्रमा कुल ९५ हजार २१३ मतदातामध्ये ६५ हजार ७२७ मत खसेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend