logo

२०८३ कार्तिक १० सोमबार

पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित


खबर सर्कल
  • आइतबार, २४ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापश्चिम), २४ फागुन : पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

    नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गर्नुभएको हो ।

    यस क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गर्नुभयो । यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend