logo

२०८३ कार्तिक १० सोमबार

डोल्पामा नेकपाका बुढा विजयी

डोल्पामा नेकपाका बुढा विजयी


खबर सर्कल
  • आइतबार, २४ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    कर्णाली, २४ फागुन ः एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । रोकायले पाँच हजार ३९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिनुभयो ।

    त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्नुभएको छ । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend