logo

२०८३ कार्तिक १० सोमबार

खेलाडीहरुको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण

खेलाडीहरुको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण


खबर सर्कल
  • सोमबार, २५ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २५ फागुनः अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित एन्फा केन्द्रीय कार्यालयमा भएको तालाबन्दीका कारण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै तत्काल तालाबन्दी खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

    नेपाल फुटबल खेलाडी सङ्घले विभिन्न माग राखी आइतबार तालाबन्दी गरेको थियो । सङ्घका अनुसार केही खेलाडीहरूले तलब, भत्ता, पुरस्कार रकम, प्रतियोगिता तथा खेलाडी कल्याण कोषसम्बन्धी माग राख्दै तालाबन्दी गरेका हुन् ।

    एन्फाले भने खेलाडीहरूको माग सम्बन्धित नियम तथा प्रक्रियाअनुसार समाधान गर्ने प्रयास भइरहेको बताएको छ ।

    विज्ञप्तिमा ए डिभिजन क्लबका खेलाडीहरू राष्ट्रिय टोलीमा सहभागी हुँदा पाउने भत्ता र सेवा–सुविधासम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको जनाइएको छ ।

    एन्फाले पुरस्कार रकम तथा अन्य भुक्तानी नियमअनुसार क्रमशः उपलब्ध गराइने बताउँदै तालाबन्दीका कारण फुटबल गतिविधिमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले सम्बन्धित पक्षलाई संवादमार्फत समस्या समाधान गर्न आग्रहसमेत गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend