logo

२०८३ कार्तिक १० सोमबार

गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ

गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ


खबर सर्कल
  • सोमबार, २५ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    झापा, २५ फागुनः गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुव्र्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुव्र्यवहार गरेका थिए ।

    पक्राउ परेका आरोपी सिटौलालाई आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend