logo

२०८३ कार्तिक १० सोमबार

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु


खबर सर्कल
  • सोमबार, २५ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २५ फागुन : काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनुभएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend