logo

२०८३ कार्तिक १० सोमबार

मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन

मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन


खबर सर्कल
  • बुधबार, २७ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    दमौली (तनहुँ), २७ फागुन: तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ ।

    परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन र मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र निर्माणको तयारी थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले राससलाई जानकारी दिनुभयो ।

    आयोजनाअन्तर्गत मादी नदीमा प्रस्तावित मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र कार्यान्वयनको तयारी पनि प्रारम्भ भएको छ ।

    दुवै आयोजनाबारे तनहुँ हाइड्रोपावर लिमिटेड, वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकका राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ परामर्शदाता तथा एडिबीका जलविद्युत् परामर्शदाताबीच योजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको भण्डारीले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend