logo

२०८३ कार्तिक १० सोमबार

एन्फा राष्ट्रिय लिग फुटबल : लालीगुराँस र एनआरटीबीचको खेल बराबरीमा

एन्फा राष्ट्रिय लिग फुटबल : लालीगुराँस र एनआरटीबीचको खेल बराबरीमा


खबर सर्कल
  • बुधबार, २७ फाल्गुन २०८२
  • 1K
    SHARES

    काठमाडौँ, २७ फागुन : एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा लालीगुराँस एशोसिएसन र न्युरोड टिम (एनआरटी)बीचको खेल बराबरमा सकिएको छ ।

    सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको २६औँ मिनेटमा एनआरटीका कप्तान अञ्जन विष्टले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै, खेलको अन्तिम मिनेटमा लालीगुराँसका आशिष गुरुङले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल एक/एक गोलको बराबरीमा सकियो ।

    यस बराबरीसँगै एनआरटी सातौँ स्थानमै सीमित भएको छ । दश खेलमा एनआरटीले १९ अङ्क जोडेको छ । यता समान १० खेल खेलेको लालीगुराँस २० अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend